निर्देशनले काम गर्दैन हो प्रम/उपप्रम/अर्थमन्त्री/ गृहमन्त्री ज्यूहरू!
भटाभट एक्सन लिन लिखित निर्णय गरेर अल्टिमेटमसहित जिम्मेवार अधिकारीहरूलाई जोत्नुस्। काम नहुनुका अनेक बहाना छन् र दशकौँ देखि यिनले बहानामा जागिर पचाउदै आएका छन्, अनाडी, लोभी, नेताहरू पाएर। तोकिएको समयमा कसरी काम गर्ने हो तिनलाईनै जिम्मेवार बनाउनुस्, नभए सेवाहरू तत्कालै प्राईभेटाईजेशन गरिहाल्नुस्।
यातायातको सबै काम प्राईभेटाइजेसन गर्न सकिन्छ।
निजामती सेवामा आधुनिक डिजिटल सिप तथा विज्ञता नै छैन, पर्याप्त जनशक्ति पनि छैन, न उपलब्ध गराउन सक्छन्, सबै आलाकॉचा करारेहरूलाई राखेर कामचलाउदै आएका हुन्। सरकारभित्र क्षमता नै न भएको डिजिटल काम दिनप्रतिदिन कम्प्लेक्स हुदैछ जो विद्यमान निजामती सरकारी संस्थाहरू, नेताहरू र कर्मचारीहरूको क्षमता र बलबुताबाट झन्झन् टाढिदैछ। अधिकारीहरूले विभिन्न बहाना देखाएर आफ्नो अकर्मण्यता लुकाउन खोजिरहन्छन्। जनतालाई पीडा, कष्ट, सास्ति दिने कुरा चैँ तत्काल निर्णय हुन्छ र तत्काल लागू हुन्छन् तर जनतालाई सुबिधा दिने निर्णय समय लाग्छ रे, ढिला भइहाल्छ र लागू नै हुदैन, यसमा अनेक समस्या देखाइन्छन्। हो यही हो भ्रष्ट संस्कार! संस्कार भ्रष्ट भएपछि काम भ्रष्ट हुने नै भयो। त्यसैले ईन्द्रका बाउ चन्द्र प्रम/मन्त्री भए पनि कर्मचारीतन्त्रको रौं नहल्लिएको हो। जनतालाई जुन जोगी आए पनि कानै चिरेको भएको हो।
निर्देशनले काम गर्दैन हो प्रम/उपप्रम/अर्थमन्त्री/ गृहमन्त्री ज्यूहरू! भटाभट एक्सन लिन लिखित निर्णय गरेर अल्टिमेटमसहित जिम्मेवार
byOurblog
•
0