एउटा पिता बन्नु भनेको पिता बन्नु मात्र होइन आफ्ना सन्तानको धर्ती, आकाश, विश्वास, हिम्मत, गुरु सबै सबै बन्नु हो ।
कम्बोडियाको पोइपेट सहरको ग्राण्ड डायमण्ड सिटी होटल र क्यासिनोमा भएको आगलागीमा परेर झापा बिर्तामोडका ४० वर्षीय निराकार पाण्डेको मृत्यु भएको खबरसँगै उनले होटलको १२ औं तलाबाट हाम्फाल्नु अघि भिडियोमार्फत आफ्ना सन्तानलाई त्यत्रो हिम्मत जुटाएर दिएको सुझाव र शिक्षाले सारा नेपालीलाई स्तब्ध बनाएको छ । 😢
मृत्युको मुखबाट पनि त्यत्रो हिम्मतका साथ आफ्ना सन्तानलाई दिएको संस्कार, सुझावको लागि हार्दिक सलाम ।🙏
एउटा बाउ आफ्नो सन्तानको लागि कति जिम्मेवार हुन्छ भन्ने कुराको गहिरो उदाहरण सारा बा'हरुलाई तथा अभिभावकहरुलाई दिएर बिदा भएका छन् ।
त्यो पवित्र आत्मालाई शान्ति मिलोस् । हार्दिक श्रद्धाञ्जलि । 🥲🙏
आगो लागिरहेको १३ तले भवनबाट हामफाल्नु अघि परिवार लाई भावुक संदेश छोरा लाई भने - छोरा...
byOurblog
•
0