कथा:-पापको परिणाम ☹️☹️☹️☹️☹️☹️☹️☹️☹️☹️

एउटा मध्यमवर्गीय परिवारमा एउटा असल छोरा थियो, शुशिल।नाम जस्तै उसको काम पनि उस्तै।छोरा भने पनि हुने छोरी भने पनि हुने।घरको काम, बाहिरको काम, सबै जानेको।पढाइमा पनि अब्बल, सधैं राम्रो नम्बर ल्याएर पास हुने। एस एल सि डिसटिंन्सन ल्याएर पास भई कलेज भर्ना भयो।उसको कलेजमा उ सँगै पढ्ने एउटी केटी थिइन्, शुशिला।उनी पनि सबै कुरामा शुशिल जत्तिकै गुणवान।समय बिते सँगै उनीहरु एक अर्काका असल साथी बन्न पुगे। तर शुशिलाको परिवार भने निम्न बर्गको थियो।घरकाले पढाउन नसकेर एउटा प्राइभेट जागिर गर्दै पढ्दै गरेकी।उनले शुशिललाई आफ्नो पारिवारिक अवस्था सबै बताएकी थिइन।उसले ढाडस मात्र दिने हैन सहयोग पनि गर्थ्यो।क्लास छोडेर काममा जाँदा अर्को दिन नोटहरु पढ्न सार्न दिन्थ्यो।यस्तो सहयोगी साथी पाउँदा उनक औधी खुसी हुँदै उसलाई बुद्ध ठानेर मनमनै पुजा गर्थिन।उ पनि उनको मिहिनेतको उच्च प्रशंसा गर्थ्यो। निकट साथित्वको साथ समय बित्दै जाँदा बिस्तारै बिस्तारै प्रेममा बदलिन थाल्यो। एकदिन उसले भन्यो:- 'शुशिला हाम्रो यो कलेजको निकटको साथित्वलाई जिन्दगी भरको साथित्वमा परिणत गर्दा कसो होला?" उनले नबुझे जस्तो गरी भन्छिन: 'साथी त हामी सधैंलाई छौ नि।' "मैले त्यो मात्र भनेको होइन नि।" "के हो त?" 'हाम्रो यो साथीको सम्बन्धलाई प्रेमी प्रेमीका र पछि जीवन साथीको रुपमा बदलौ भनेको हो।'उसले प्रष्ट भन्यो। उनको लागि यो अप्रत्याशित नभए पनि सिरियस भईन र भनिन:-'शुशिल म कुन ब्याकग्राउण्डको मान्छे, तिमी कुन ब्याक ग्राउण्डको, मलाई तिम्रो परिवारले स्विकारलान त?' 'त्यस्को तिमीले चिन्ता लिनै पर्दैन।मलाई मेरो घरकाले एकदमै राम्रो मान्छन।मैले भनेपछि हुन्न भन्दैनन'।उसले ढुक्कले भन्यो। 'तिमी नै भन्छौ भने ल ठीकै छ त'। सहमती जनाइन। समय बित्दै गयो। पढाइ पनि सकियो।शुशिलले जागिर खायो।अब घरमा बिहेको लागि केटी हेर्न शुरु भयो।उसले "अन्त केटी नहेर्नु, मैले हेरिसके छु" भन्यो।बाउआमाबाट को केटी? कस्ती केटी? सबै सोधनी भयो। सबै यथार्थ बतायो।अस्विकार गरे र भने:- 'आफ्नो स्तर मिल्ने हुनुपर्छ।' उसले बाउआमाको असली रुप बल्ल देख्यो र स्तब्ध भयो।तैपनि शुशिलाको गुणहरूको चर्चा गर्दै सम्झाउन कोशिश गर्यो तर भएन।अन्तिममा 'शुशिला सँग बिहे गर्न पाइन्न भने बिहे नै गर्दिन' भनेर अड्डी कस्यो।र एकदिन भेटेर शुशिलालाई सबै कुरा भन्यो।उनी धेरै चिन्तित भईन्। एकदिन बाउआमाले शुशिलालाई घरमा बोलाउन भने शुशिलले बोलायो।'सम्पत्ति देखेर आउन खोजिछेस?'जस्ता अनेकन तुच्छ शब्दले गाली गरे। रुदै फर्किइन्। बाउआमाले मान्दै नमाने पछि ऊ अन्तिम पटक उनलाई भेट्न गयो र रुदै माफी माग्यो।उनी पनि धेरै रोइन।रुदै अन्तिम पटक अँगालोमा बाधिए र छुट्टिए। आफ्नो आर्थिक स्तर सुहाउदो केटी खोजेर बिवाह गरिदिए।बिहे त गरिदिए तर केटी परी खतरनाक।बुहारी बन्न होइन कजाउन आएकी जस्ती। कहिले काही त आफुले खाएको थाल पनि सासुलाई 'माझ्नु' भनेर काममा जान्थी।अरु भाँडा त कहिल्यै नमाझ्ने।कहिले मिटिङ थियो,कहिले साथी सँग भेट भयो भन्दै राती अबेला घर आउथी।सासुले पकाएको भात खाएर थाल जुठै राखी कहिले टाउको दुखेछ, भनेर त कहिले थकाई लागेछ, भनेर आफ्नो कोठामा गएर सुतिहाल्थी।बिहान पनि निक्कै ढिलो उठ्थी।सासुले ओछ्यानमै चिया लगिदिनु पर्ने।शुशिलले 'यस्तो नगर न 'भन्दा 'तिमीले नै गर न त काम' भनेर थर्काउथी।बिदाको दिन पनि घरको काम गर्थिन्।शुशिल सँग 'घुम्न जाम' भन्थी।नगए साथी खोजेर जान्थी।कहिलेकाही त आफ्ना लुगा पनि सासुलाई 'धुनु' भनेर भन्थी। बुहारीको यस्तो चाला देखेर सासु ससुरा निकै दुखित हुन्थे। बाउआमा चिन्तामा डुबेको देखेर शुशिलले भन्थ्यो:- 'यो सब शुशिलालाई धोका दिएकोमा पाप लागेको हो।तिमीहरुको कारणले मैंले पनि दुःख पाउने भए।' समाप्त सैनामैना 11,रुपन्देही हाल भरतपुर चितवन

Post a Comment

Please Select Embedded Mode To Show The Comment System.*

Previous Post Next Post